काठमाडौं, चैत २० :

सेयर बजारमा करेक्सन देखिएको छ । नेप्से बुधबार २३.८६ अंकले बढेको छ । शून्य दशमलव ८९ प्रतिशतले बढेर नेप्से २७००.०४ विन्दुमा उक्लिएको छ ।

मंगलबार १६.९५ अंकले घटेर २६७६.१७ विन्दुमा ओर्लिएको थियो । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.८ अंकले बढेर ४४७.७७ अंकमा चढेको छ । नेप्सेमा आज १६६ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको मूल्य घट्यो ।

नेप्सेमा आज ३१८ कम्पनीको ५३ हजार आठ सय ८४ पटकको कारोबारमा एक करोड चार लाख ४२ हजार ६८३ कित्ता सेयर किनबेच भए । जसअनुसार कुल कारोबार रकम पाँच अर्ब ४४ करोड ४४ लाख ३५ हजार नौ सय एक रुपैयाँ पुगेको छ ।


उत्पादन तथा प्रशोधन र निर्जीवन बिमाबाहेक सबै उपसमूहको सेयर मूल्य बढ्यो । उत्पादन तथा प्रशोधन १०३.७६ र निर्जीवन बिमा ३१.८३ अंकले घट्यो । सबैभन्दा भन्दा बढी व्यापार समूह ४२३.२९ अंकले बढ्यो ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा विशाल बजार कम्पनी रह्यो । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा बोटर्लस नेपाल (बालाजु) लिमिटेड रह्यो । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा सीईडीबी होल्डिङस लिमिटेड रह्यो ।