बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

तीनकुने घटनामा मृत्यु भएकाको परिवारलाई सरकारले १०/१० लाख दिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० चैत, २०८१ मा प्रकाशित
तीनकुने घटनामा मृत्यु भएकाको परिवारलाई सरकारले १०/१० लाख दिने
फाइल तस्बिर।
काठमाडौं, चैत २० :

सरकारले तीनकुने घटनामा मृत्यु भएकाको परिवारलाई १०/१० लाख दिने भएको छ ।

गत चैत १५ गते राजावादीको प्रदर्शनमा मृत्यु भएकाको परिवारलाई गृहमन्त्रीस्तरीय निर्णयबाट  १०/१० लाख रुपैयाँ दिने निर्णय भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

राजावादीको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । उनीहरुलाई सहिद घोषणा गर्नुपर्ने केहीले माग गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले सोमबार पत्रकार रजककी पत्नीलाई रोजगारीको व्यवस्था गर्ने बताएका थिए । उनका परिवारसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार