काठमाडौं, चैत २१ :

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय पुगेका छन् ।

कर्मचारी र वडाध्यक्षहरुले उनलाई बिहीबार महानगरको कार्यालय पुर्याएका हुन् ।

उनीहरुले सुरक्षा दिएर कार्यालय परिसर पुर्‍याए पनि नगर प्रहरीले गुरागाईं र कर्मचारीलाई प्रवेशमा रोक लगाएको थियो ।

यद्यपि कर्मचारी र वडाध्यक्षहरुले नगर प्रहरीसँग बल प्रयोग गरेरै (ठेलेरै) गुरागाईंलाई कार्यालय प्रवेश गराएका हुन् ।

गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ ।