
काठमाडौं, चैत २२ :
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं नियमित काममा फर्किएका छन् । काममा फर्किएसँगै उनले ३ महिनादेखि रोकिएको कर्मचारीको तलब निकासाका लागि तोक लगाइदिएका छन् ।
उनी बिहीबार कार्यालय पुग्दा भएको असहज अवस्था आज (शुक्रबार) भने बेहोर्नुपरेन ।
उपमेयर सुनीता डंगोलसहित वडाध्यक्ष र कर्मचारीहरूको सहयोगमा हिजो (बिहीबार) गुरागाईं नगर प्रहरीको अवरोधलाई छिचोलेर कार्यकक्ष प्रवेश गरेका थिए । आज भने सहज रुपमा कार्यालय पुगेर काम गरिरहेका छन् ।