प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्यान्डको बैंककमा भेटवार्ता भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच आज (शुक्रबार) भेटवार्ता भएको हो ।
चैत १९ गते बैंकक प्रस्थान गरेका प्रधानमन्त्री ओलीले २० गते त्यहाँका समकक्षी पे थोङ थान् सिनावात्रासँग द्विपक्षीय औपचारिक वार्ता गरेका थिए ।
ओलीले आज (शुक्रबार) बिमस्टेक सम्मेलनमा सहभागी हुँदै सम्बोधनसमेत गरे ।