बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

बैतडीमा जीप दुर्घटना हुँदा ४ जना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २३ चैत, २०८१ मा प्रकाशित
बैतडीमा जीप दुर्घटना हुँदा ४ जना घाइते
दार्चुला, चैत २३ :

बैतडीको दशरथचन्द नगरपालिका- ११ नानिगाडमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । 

शुक्रबार राति देहीमाण्डौंबाट गिरेगडातर्फ गइरहेको बि.ए.सी ५६५९ नम्बरको जीप दुर्घटनामा परेको हो ।

जीप दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका- ६ घर भएका जीप चालक ३५ वर्षीय राकेश कोली, सोही ठाउँका ५२ वर्षीय लालीराम कोली, पञ्चेश्वर-५ का ५४ वर्षीय चन्चले दयाल र दनपा १० की अन्दाजी ३० वर्षीया कविता परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घाइतेमध्ये चञ्चले दयालको अवस्था सख्त रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार