बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल #शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल
समाचार कला

कलाकार तेजा ऐरको निधन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २४ चैत, २०८१ मा प्रकाशित
कञ्चनपुर, चैत २४ :

कलाकार तेजा ऐरको निधन भएको छ ।

नेपाली चलचित्रमा खलनायकको भूमिका निभाएका उनको शुक्लाफाँटा नगरपालिका- १० झलारीस्थित आफ्नै निवासमा शनिबार ५६ वर्षको उमेरमा निधन भएको तेजाका भाई डबलबहादुरले जानकारी दिए । 

कलाकार ऐर दुई वर्षदेखि पक्षघात र मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिए । तीन दशकदेखि सानाठूला नेपाली चलचित्रमा ऐरले खलनायकको भूमिकामा अभिनय गर्दै आएका थिए । थारू भाषाको  चलचित्र ‘मोर बस्ती’ बाट यस क्षेत्रमा डेब्यु गरेका ऐरले थारू, नेपाली र  भोजपुरी भाषाका झण्डै एक सय चलचित्रमा खलनायकको भूमिका निर्वाह गरेका थिए ।
 
ऐरले सत्या, हिरासत, विजयपथ, विरासत, हिम्मतवाली, जय परशुराम, रामजाने, कमाण्डरलगायत चलचित्रमा अभिनय गरे । विभिन्न टेलिफिल्म र म्युजिक भिडियोमा समेत उनले अभिनय गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार