बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार बागमती प्रदेश

‘कसैले फोहोर गर्छन् र जरिबाना तिराउने भनेर महानगर बसेको हुँदैन, राप्रपालाई धन्यवाद’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ चैत, २०८१ मा प्रकाशित
‘कसैले फोहोर गर्छन् र जरिबाना तिराउने भनेर महानगर बसेको हुँदैन, राप्रपालाई धन्यवाद’
काठमाडौं, चैत २६ :

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले कसैले फोहोर गर्लान् र आफूले जरिवाना तिराऔंला भनेर नबसेको बताएका छन् ।

राप्रपाले राजधानीका मंगलबार गरेको कार्यक्रमलक्षित गर्दै मेयर शाहले जरिवाना तिराउनका लागि महानगर नबसेको भई बरु भएका कार्यक्रममा कसैले फोहोर नगरोस् भन्ने चाहेको बताएका छन् ।

‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राप्रपाले आजको कार्यक्रममा आफैं सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।’

सामाजिक सञ्जालमा मेयरले राप्रपाका कार्यकर्ताहरुले कार्यक्रम स्थलबाट फोहोर संकलन गर्दै गरेका तस्बिरसमेत सेयर गरेका छन् । यसअघि दरबारमार्गमा गरेको कार्यक्रममा फोहोर भएको भन्दै राप्रपाबाट महानगरले एक लाख रुपैयाँ जरिवाना तिराएको थियो ।

राप्रपाले आफैं गर्‍यो बल्खु सभास्थल वरपरको सफाइ

बल्खुमा आज (मंगलबार) भएको कार्यक्रममा पनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री एवं कार्यक्रमका उद्घोषक बनेका राजेन्द्र गुरुङले पनि पटकपटक मञ्चबाटै कार्यकर्ताहरुलाई फोहोर नगरिदिन र बरु बाटोमा फालिएका फोहोर भए टिपेर व्यवस्थापन गर्नका लागि सचेत गराएका थिए ।

‘यदि फोहोर गर्‍यो भने काठमाडौं महानगरपालिकाबाट जरिवानापत्र आउनेछ,’ सभामा कार्यकर्तालाई सचेत बनाउँदै अध्यक्ष लिङ्देनले भनेका थिए, ‘‘राप्रपालाई फेरि जरिवाना तिर्ने नबनाउनुहोला, बुझिदिनुहोला ।’ यस्तै चैत १५ चैतको प्रदर्शनमा भएको फोहोर र तोडफोडको हर्जना भने महानगरले  ज्ञानेन्द्र शाहले तिर्नुपर्ने निचोडसहितको पत्र पठाएको थियो ।

नेतृत्वले गरेको निर्देशन मान्दै कार्यकर्ताहरुले पनि सभास्थलको वरपरको फोहोर टिपेर सरसफाइ गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार