बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
खेलकुद

यूएस वर्ल्ड क्लासको ३०औं वार्षिकोत्सवमा तेक्वान्दो सेमिनार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ चैत, २०८१ मा प्रकाशित
यूएस वर्ल्ड क्लासको ३०औं वार्षिकोत्सवमा तेक्वान्दो सेमिनार
काठमाडौं, चैत २७ :

यूएस वर्ल्ड क्लास (यूएसडब्ल्यूसी) तेक्वान्दो- हलिउडले आफ्नो स्थापनाको ३०औं वार्षिक उत्सव मनाउने तयारी गरेको छ ।

यूएसडब्ल्यूसी तेक्वान्दो हलिउड नेपाली तेक्वान्दो प्रशिक्षक ग्रान्ड मास्टर दिवाकर महर्जनले सन् १९९५ मा अमेरिकाको ओरिगन राज्यको पोर्टल्यान्डमा स्थापना गरेका हुन् ।

‘निकै उत्साहित र व्यग्र प्रतीक्षामा छौं । यो तीन दशकको यात्रालाई हामी भव्य रुपमा स्मरण गर्दै छौं,’ यूएस वर्ल्ड क्लास तेक्वान्दो हलिउडका सञ्चालक तथा मुख्य प्रशिक्षक महर्जनले भने ।

महर्जनका अनुसार मे महिनाको १६ देखि १८ तारिख तीन दिनसम्म विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाइनेछ ।

‘हाम्रो स्थापना मार्चमा हो, त्यो समयमा मौसम पनि अलिक चिसो हुने र बाहिरबाट आएका पाहुनाहरुको आतिथ्ययतालाई पनि प्रभाव पार्ने भएकाले मे महिनामा वार्षिक उत्सव मनाउने निर्णय गरेका हौं,’ उनले भने ।

प्रशिक्षक महर्जनले यसपटकको वार्षिक उत्सवमा अन्तर्राष्ट्रिय सहभागिता हुने बताए ।

‘तीसौं वर्षगाँठ भएकाले पनि विशेष छ, त्यसमा पनि यसपटक अमेरिकाका विभिन्न राज्य र अमेरिका बाहिरबाट पनि पाहुनाहरू आउँदै हुनुहुन्छ,’ उनले भने, ‘विशेषगरी कोरियाबाट कुकिवान ग्रान्ड मास्टरको सहभागिता हुनेछ ।’

वार्षिक उत्सवका लागि कोरियासहित अस्ट्रेलिया, क्यानडा र नेपालबाट पनि सहभागी हुनेछ ।

प्रशिक्षक महर्जनले सुरुका दुई दिन तेक्वान्दो सेमिनार र डान टेस्ट परीक्षा हुने बताए । ‘तेक्वान्दोको हेडक्वाटरबाट आउने ग्रान्डमास्टरहरुले सेमिनारमा सबैलाई अपडेट गर्नेछन् र ब्ल्याक वेल्टदेखि माथिका डान टेस्ट परीक्षा पनि हुनेछ,’ महर्जनले भने, ‘त्यसपछि हामीले सांस्कृतिक कार्यक्रम पनि गर्नेछौं । हामी तेक्वान्दो सँगसँगै नेपाली संस्कृतिको संवर्धनमा पनि उत्तिकै सक्रिय छौं ।’

वार्षिकोत्सवमा विभिन्न अवार्ड प्रदान गरिनेछ । स्टुडेन्ट अफ मन्थ, ब्याल्कबेल्ट अफ दी इयर, फ्यामेली अफ दी इयर र भोलेन्टियर अफ दी इयर गरी चार अवार्ड वार्षिक उत्सवमामा प्रदान गरिनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार