शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
खेलकुद

विश्व योगासनाका पदक विजेतालाई राखेपको बधाइ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ चैत, २०८१ मा प्रकाशित
विश्व योगासनाका पदक विजेतालाई राखेपको बधाइ
काठमाडौं, चैत २८ :

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले १६औं विश्व योगासना च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बिहीबार स्वागत गर्दै बधाइ दिएका छन् ।

त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा आयोजित कार्यक्रममा सदस्य-सचिव घिसिङले खेलाडीलाई स्वागत गर्नुका साथै सफलताका लागि बधाइ दिए । टोली बुधबार स्वदेश फर्किएको थियो ।

मलेसियाको क्वाललम्पुरमा चैत २३ देखि २४ गतेसम्म भएको प्रतियोगितामा नेपालले विभिन्न उमेरसमूह २ स्वर्ण १ रजत र ३ कास्य गरी ६ पदक जितेको थियो ।

प्रयासजंग चौहान र प्रत्युषा खतिवडाले स्वर्ण पदक जिते । अमिष पटेलले रजत तथा किरन मगर, संस्कृति चौलागाईं र सुन्दर सार्कीले कास्य पदक हात पारे ।

विभिन्न २३ राष्ट्रका १५३ खेलाडी सहभागी प्रतियोगितामा नेपालबाट ३१ खेलाडी सहभागी थिए । नेपाल समग्रमा तेस्रो भएको नेपाल योग खेलकुद संघका महासचिव चूडामणि खरेलले जनाएका छन् । भारत पहिलो तथा अमेरिका दोस्रो भए ।

प्रतियोगितामा सहभागी हुने खेलाडीलाई पुष्करराज पन्त, संग्राम पुरी, आनन्द गैरे र दीपा पाण्डेले २ साताको प्रशिक्षण गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य-सचिव घिसिङले जुनियर खेलाडीमा ध्यान दिन सकेमात्र राष्ट्रलाई अन्तर्राष्ट्रिय सफलता दिलाउने खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउदै खेलाडीले जुन विधामा पदक ल्याउछ त्यसैमा विशेष जोड दिनुपर्ने सुझाए ।

स्वर्ण विजेता प्रयास र प्रत्युषाले राष्ट्रलाई स्वर्ण दिलाएकामा खुसी व्यक्त गर्दै विश्व च्याम्पियनसिपबाट धेरै कुरा सिक्ने अवसर मिलेको अनुभव सुनाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार