बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
समाचार

दुर्गा प्रसाईंमाथि ४ कसुरमा अनुसन्धान

दुर्गा प्रसाईंलाई भारतबाट काठमाडौं ल्याइयो, प्रहरी अनुसन्धान जारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २९ चैत, २०८१ मा प्रकाशित
दुर्गा प्रसाईंमाथि ४ कसुरमा अनुसन्धान
काठमाडौं, चैत २९ :

मेडिकल व्यवसायी तथा राजावादी अन्दोलनका कमान्डर दुर्गा प्रसाईंमाथि प्रहरीले ४ वटा कसुरमा अनुसन्धान अघि बढाइरहेको छ ।

गते चैत ३ गते काठमाडौंको तीनकुनेमा राजसंस्था पुनर्स्थापना भन्दै भएको हिंस्रक प्रदर्शनपछि फरार रहेका प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइरहेको हो ।

तीनकुनेमा भएको प्रदर्शनका क्रममा २ जनाको ज्यान जानुका साथै केही घाइते भएका थिए । अझै केही घाइतेहरु उपचारका लागि अस्पतालमै छन् । प्रसाईंकै निर्देशनमा सरकारी, निजी तथा व्यापारिक संरचनामा आगजनी र तोडफोड गरिएका थिए । प्रदर्शनकारीलाई उचालेर उनी फरार भएका थिए ।

भारतको असमबाट पक्राउ परेका प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको छ । हिजो (बिहीबार) भारतीय प्रहरीको नियन्त्रणमा रहेका प्रसाईंलाई आज (शुक्रबार) बिहान भद्रपुर हुँदै विमानबाट काठमाडौं ल्याइएको हो ।

प्रसाईंलाई ज्यानमार्ने उद्योग, संगठित अपराध, आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ । चैत १५ गते भएको प्रदर्शनमा सहभागी बनेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित कार्यकर्ताहरुलाई पनि प्रहरीले संगठित अपराध, आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार