काठमाडौं, चैत ३१ :

नयाँ वर्ष २०८२ को अवसरमा स्टाइल सुजले आफ्ना ग्राहकका लागि छुट र अफरका योजना सार्वजनिक गरेको छ ।

झन्डै एक दशकदेखि नेपाली बजारमा बच्चादेखि वृद्धसम्मका लागि जुत्ता उत्पादनदेखि बजारीकरण गर्दै आएको कम्पनीले ग्राहकका लागि नयाँ वर्ष लक्षित अफर ल्याएको हो ।

स्टाइल सुज ब्रान्डको उत्पादक कम्पनी स्टाइल सुज इन्डस्ट्रिज प्रालिले हरेक जुत्ता खरिदमा १५ प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । यस्तै कम्पनीले नयाँ वर्षका लागि दुई दर्जनभन्दा बढी नयाँ पार्टी सुज, स्पोर्टस्, बुट र क्याजुअल सुज सार्वजनिक गरेको छ ।

अहिलेसम्म साढे तीन सय मोडलका जुत्ता बजारमा पठाइसकेको स्टाइल सुजले नयाँ वर्षलाई लक्षित गर्दै थप २५ मोडल बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

साथै वैशाखदेखि सुरु हुने विभिन्न स्कुलमा नयाँ भर्नासँगै छात्रछात्रालाई आवश्यक पर्ने जुत्ता उत्पादन गरेर बजारमा ल्याएको स्टाइल सुज इन्डस्ट्रिज प्रालिका प्रबन्ध निर्देशक कुमार न्यौपानेले बताए ।

पछिल्लो समय स्टाइल सुज युवापुस्ताको विशेष रोजाइमा पर्ने गरेको उनको दाबी छ । नेपालमा उत्पादित जुत्ताहरू आधुनिक युवायुवतीभन्दा पनि अलि उमेर ढल्केकाहरूको लागि मात्र हो भन्ने आम धारणालाई चिर्न पनि कम्पनीले उनीहरूको इच्छानुसारको नयाँ-नयाँ डिजाइन उपलब्ध गराएको प्रबन्ध निर्देशक न्यौपानेले बताए ।

कम्पनीले हरेक किसिमका ग्राहकका लागि पार्टी सुज, स्पोर्ट्स सुज, क्याजुअल सुज, अफिसियल सुजका साथै स्कुल र कलेज पढ्ने विद्यार्थीलगायत अन्य डिजाइन रहेको कम्पनीले बताएको छ ।

देशका ६५ जिल्लाका मुख्य बजारमा उपलब्ध स्टाइल सुजमा ६ महिनाको वारेन्टी दिइएको छ । करिब एक दशकअघि स्वदेशी उद्योग प्रवर्धन गर्ने उद्देश्यसहित स्टाइल सुज ब्रान्ड बजारमा ल्याइएको प्रबन्ध निर्देशक न्यौपानेले बताए ।