काठमाडौं, चैत ३१ :

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले ‘मेरो माया लाग्छ ?’ भनेर लेखेको फेसबुक स्टाटस हटाएका छन् ।

उनले शनिबार राति १० बजेपछि ‘मेरो माया लाग्छ ?’ भनेर स्टाटस लेखेका थिए ।

उनले कुन सन्दर्भमा स्टाटस लेखेको बुझ्न सकिँदैन । तर, यसले सामाजिक सञ्जाल प्रयोक्ताहरुलाई भने चर्चा गर्ने ‘खुराक’ बनेको छ । उसो त मेयर शाहले रातिको समयमा नै यस्ता स्टाटसमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

उनको स्टाटस सामाजिक सञ्चालमा चर्चासँगै ‘भाइरल’ बनेको छ ।