काठमाडौं, वैशाख १ :

नेकपा माओवादी केन्द्रले नयाँ वर्षको आरम्भसँगै तराई-मधेस जागरण अभियान पुन: सुरु गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहालको सचिवालयका अनुसार पूर्वपश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई- मधेस जागरण अभियान नयाँ वर्ष २०८२ सालको पहिलो दिन वैशाख १ गते बाट पुन: शुभारम्भ भएको छ ।

सोहीअनुसार अध्यक्ष दाहाल नेतृत्वको पूर्व-पश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियानको टिम नवलपुरको गैंडाकोट पुगेको छ ।

अभियान टिमलाई नवलपुरको गैडाकोटमा माओवादी नेता-कार्यकर्ताहरुले स्वागत गरेका छन् । सचिवालयका अनुसार अध्यक्ष दाहाललगायत नेताहरू आज र भोलि नवलपुरका जनतासँग भेटघट, छलफल र अन्तर्क्रियासमेत गर्ने कार्यक्रम छ ।