बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार अर्थतन्त्र बैंक/बीमा

५ रुपैयाँका १० लाख थान नयाँ नोट चलनचल्तीमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ वैशाख, २०८२ मा प्रकाशित
५ रुपैयाँका १० लाख थान नयाँ नोट चलनचल्तीमा
काठमाडौं, वैशाख २ :

नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरको थप १० लाख थान नयाँ नोट आज (मंगलबार) देखि प्रचलनमा ल्याएको छ ।

राष्ट्र बैंकले आज (वैशाख २ गते, मंगलबार) देखि साबिककै आकार तथा रङमा ५ रुपैयाँ दरको न४५ ०००००१ देखि भ१८ ९९९९९९ का नयाँ नोट प्रचलनमा ल्याएको हो ।

नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको नयाँ नोटको तल्लो भागको किनारामा वि.सं. २०८१ लेखिएको छ ।

यस्तै, नोटको पृष्ठ भागमा मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको, मध्य भागमा जंगली याक तथा हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र रहेको, नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज फाइभ लेखिएको र बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा ‘२०२४ एडी’ लेखिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार