काठमाडौं, वैशाख २ :

सेयर बजार दोहोरो अंकले बढेको छ । २०८२ सालको पहिलो कारोबार दिन अर्थात् आज (मंगलबार) नेप्से २७.१४ अंकले बढेर २६८९.२२ को विन्दुमा रोकिएको छ ।

३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार ८ सय ८७ रुपैयाँको कारोबार भयो ।

नेप्सेमा मंगलबार बलेफी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । आजको दिनमा २१२ कम्पनीको सेयर मूल्य बढ्दा ३४ कम्पनीको सेयर मूल्य घटे ।

साथै मंगलबार कर्पोरेट, ग्रिन र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बलेफी हाइड्रोपावरको सेयर मूल्य भने ९.६९ प्रतिशतले घटेको छ ।