बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार

विमानस्थलमा युवामाथि दुर्व्यवहार गर्ने ३ प्रहरीलाई जिम्मेवारीबाट हटाइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ वैशाख, २०८२ मा प्रकाशित
विमानस्थलमा युवामाथि दुर्व्यवहार गर्ने ३ प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
काठमाडौं, वैशाख ३ :

त्रिभुवन विमानस्थलमा एक युवामाथि दुर्व्यवहार गर्ने तीन प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ ।

वैदेशिक रोजगारीबाट बिदामा फर्किएका मोरङका सञ्जय ओझामाथि दुर्व्यवहार गर्ने तीन प्रहरीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कारबाही गरेको हो ।

तीनै प्रहरीलाई कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रवक्ता शेखर खनालले जानकारी दिए ।

दुबईबाट गत चैत ३१ गते त्रिभुवन विमानस्थल ओर्लिएका ओझा अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि प्रहरीको दुर्व्यवहारमा परेका थिए । ओझामाथि प्रहरीले गरेको दुर्व्यवहारको भिडियोले सामाजिक सञ्जालमा व्याप्त चर्चा पाएको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार