आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
खेलकुद

करातेका शेखुलाई च्याम्पियन मार्सल आर्ट्सको सम्मान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ वैशाख, २०८२ मा प्रकाशित
करातेका शेखुलाई च्याम्पियन मार्सल आर्ट्सको सम्मान
काठमाडौं, वैशाख ३ :

अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन मार्सल आर्ट्स क्लबले करातेका मोहम्मद शेखु आलमलाई नगदसहित सम्मान गरेको छ ।

डिस्ट्रिक्ट ३० का एसेमब्ली मेम्बर स्टेभन रागाले शेखुलाई एक हजार अमेरिकी डलर र प्रशंसापत्र प्रदान गरी सम्मान गरेको क्लबका अध्यक्ष सुनील लामाले जनाएका छन् ।

शेखु यूएसए ओपन कराते प्रतियोगिता खेल्न हाल अमेरिकामा छन् । लस भेगसमा अप्रिल १८ देखि २० तारिखसम्म हुने प्रतियोगितामा शेखुले पुरुष ८४ केजीमुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । करियरको १४ अन्तर्राष्ट्रिय प्रतियोगितामा शेखुले ५ स्वर्ण, ३ रजत र २ कास्य पदक जितेका छन् । त्यत्ति नै घरेलु प्रतियोगितामा शेखुले ९ स्वर्ण, १ रजत र ४ कास्य हात पारेका छन् ।

कार्यक्रममा नेपाली कम्युनिटीका लिडर नवराज केसी, कराते प्रशिक्षक मकेन्द्रबहादुर सिंह र जनकसिंह खड्का, तेक्वान्दो प्रशिक्षक पुष्प थापा मगरलगायतको उपस्थिति थियो ।

११औं दक्षिण एसियाली खेलकुद (साग) तथा १३औं एपीएसकेएफका स्वर्ण विजेता क्लबका अध्यक्ष लामाका अुनसार च्याम्पियन मार्सल आट्र्स क्लब यूएसएले आफ्नो नियमित प्रशिक्षणसँगै विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । त्यस्तै क्लबले सामाजिक कार्य र खेल क्षेत्रका साथै विभिन्न व्यक्तित्वलाई सम्मान पनि गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार