
काठमाडौँ, वैशाख ४ :
बुधबार अचानक आएको असिनाले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तका धेरै भागहरूमा विनाश मच्चाएको छ ।
यस क्रममा सयौं सवारी साधन र घरका झ्यालका सिसा फुटेका छन्।
बीबीसी उर्दूका अनुसार इस्लामाबादमा बस्ने मानिसहरूले आफ्नो जीवनमा यति ठूला असिना कहिल्यै नदेखेको बताएका छन् ।
खैबर पख्तुनख्वा क्षेत्रमा पनि असिना परेको र भारी वर्षाका कारण लन्डी कोटल डुबानमा परेको जनाइएको छ । जसका कारण धेरै सवारी साधन पानीमा बगेका थिए ।
असिनापानीका कारण धेरै कारका सिसा फुटेको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।