बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
मनाेरञ्जन कला

५१औं दिनमा चलचित्र ‘लाज शरणम्’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ वैशाख, २०८२ मा प्रकाशित
५१औं दिनमा चलचित्र ‘लाज शरणम्’
काठमाडौं, वैशाख ४ :

चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गते रिलिज भएको चलचित्र आजबाट ५१औँ दिनमा प्रवेश गरेको हो ।

उच्च शोसहित प्रदर्शन सुरु गरेको चलचित्रमा अहिले पनि उपलब्ध शोमा दर्शकको अकुपेन्सी उच्च रहेको छ । यो सिनेमाले १३ हलहरूमा प्रदर्शनको ५१औँ दिन मनाएको छ ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको ‘लाज शरणम्’ ले काठमाडौं उपत्यकाका क्युएफएक्स, आईएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सीडीसी सिनेमा र मोफसलमा झापाको बिर्तामोडमा रहेको क्यूएफएक्स, दमकमा रहेको डिम्याक्स सिनेमाज र बुटवलमा रहेको आईएनआई सिनेमाजमा प्रदर्शनको ५१औं दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए ।

‘हाम्रो चलचित्र लाज शरणम् ५१औं दिनमा प्रवेश गरेको छ,’ निर्माता श्रेष्ठले भने, ‘दर्शकको राम्रो प्रतिक्रियासहति अहिले पनि उच्च अकुपेन्सीमा चलिरहेको छ ।’

पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको ‘लाज शरणम्’ ले हालसम्म पाँच करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माता श्रेष्ठले जानकारी दिए ।

चलचित्रमा सीताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), रेणु योगी, अर्पण थापा मुख्य भूमिकामा छन् ।

यस्तै, सिनेमामा कमलमणि नेपाल (खुपीका बाउ), मुकुन्द श्रेष्ठ, माला लिम्बूसँगै प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामतलगायत  कलाकारको अभिनय छ ।

कर्णालीको कथाव्यथा प्रस्तुत गरेको ‘लाज शरणम’ लाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । सुदीप बराल छायांकार रहेको चलचित्रको सहनिर्माता राम नरेश शाह र सिर्जना खड्का छन् ।

चर्चित हास्य सिरियल ‘सक्किगोनि’ समूहद्वारा निर्माण गरिएको यो पहिलो फिचर सिनेमा हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार