काठमाडौं, वैशाख ५ :

निजामती विधेयकमाथि मूल समितिमा छलफल सुरु भएको छ । संसदीय उपसमितिले विधेयकको प्रतिवेदन पेस गरेपछि छलफल सुरु भएको हो ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू नेतृत्वको उपसमितिले गत चैत २० गते आफ्नो प्रतिवेदन मूल समितिलाई बुझाएको थियो ।

त्यसको १७ दिनपछि मूल समितिले विधेयकमाथि छलफल सुरु गरेको हो ।