मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल #बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल
समाचार शिक्षा

कक्षा १२ को परीक्षा हुन्छ, स्थगित भएको छैन : परीक्षा बोर्ड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ वैशाख, २०८२ मा प्रकाशित
कक्षा १२ को परीक्षा हुन्छ, स्थगित भएको छैन : परीक्षा बोर्ड
काठमाडाैं, वैशाख ५ :

राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को परीक्षा यथावत् रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ। बोर्डले आज एक विज्ञप्ति जारी गर्दै परीक्षा स्थगित गरिएको भन्ने भ्रामक सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

बोर्डले परीक्षासम्बन्धी कुनै पनि आधिकारिक सूचना आफ्नो वेबसाइटमार्फत मात्र सार्वजनिक हुने स्पष्ट गर्दै अन्य माध्यमबाट आउने खबरमा भर नपर्न सबैमा आग्रह गरेको छ।

यता, विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै गत चैत २० गतेदेखि आन्दोलनमा रहेका शिक्षकहरूले भने कक्षा १२ को वार्षिक परीक्षामा सहभागी नहुने अडान लिइसकेका छन्। उनीहरूको निरन्तर १६ दिनदेखि जारी आन्दोलनका कारण विद्यार्थीहरूमा अझै पनि अन्योल कायम छ।

आन्दोलनकै कारण कतिपय परीक्षा केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापनमा कठिनाइ भएको जनाइएको छ।  यस वर्ष करिब ५ लाख विद्यार्थी कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुँदैछन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार