
काठमाडौं,साउन १३: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन खेलमा मोरक्कोविरुद्ध अन्तिम समयमा बराबरी गोल गरेपनि मान्यता नदिएको भन्दै अर्जेन्टिनाले गरेको उजुरीलाई अस्वीकार गरेको छ।
अर्जेन्टिनाको फुटबल संघ (एएफए) का प्रमुखले शनिबार उक्त कुरा बताएका हुन्। मोरक्को विरुद्धको खेलमा भएको घटनाका सम्बन्धमा हामीले दर्ता गरेको उजुरी फिफाको अनुशासन समितिले अस्वीकार गरेको एक्स मार्फत एएफए अध्यक्ष क्लाउडियो 'चिकी' तापियाले बताए।
पेरिस ओलम्पिकको पुरुष फुटबलको पहिलो खेलमा अर्जेन्टिना मोरक्कोसँग २–१ गोलअन्तरले पराजित भएको थियो। सुरुमा २–२ गोलको बराबरीमा खेल सकिएको थियो। तर, त्यसको दुई घण्टापछि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) ले अर्जेन्टिनाको अन्तिम गोललाई मान्यता दिएन।