बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति

दुर्गा प्रसाईंमाथि ५ कसुरमा बयान सुरु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ वैशाख, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईंमाथि ५ कसुरमा बयान सुरु
फाइल तस्बिर।
काठमाडौं, वैशाख ९ :

गत चैत १५ गते  तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईंविरुद्ध अनुसन्धान अघि बढेको छ। आज पनि उनलाई जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा उपस्थित गराई विविध कसुरमा बयान लिइएको छ।

सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार प्रसाईंविरुद्ध ज्यानसम्बन्धी कसुरअन्तर्गत कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, संगठित अपराध, आपराधिक उपद्रव तथा राज्यविरुद्धको कसुरमा पर्ने राजद्रोहसमेतको अनुसन्धान सुरु गरिएको छ। सुरक्षाकर्मीले प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत जाहेरी दिएका छन्।

प्रसाईंलाई चैत २८ गते भारतको आसामबाट पक्राउ गरिएको थियो। चैत २९ गते काठमाडौँ ल्याई जिल्ला अदालतबाट १२ दिनको म्याद लिएर प्रहरी हिरासतमा राखिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमति लिएर गरिएको प्रदर्शन हिंसात्मक भएको थियो।

प्रदर्शनका क्रममा सवारीसाधन जलाइए, पसल, मार्ट तोडफोड गरिए, घरमा आगजनी गरियो र निजी सम्पत्तिमा ठूलो क्षति पुर्‍याइयो। प्रहरीले चलाएको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भयो भने प्रदर्शनकारीले घरमा लगाएको आगोमा परी पत्रकार सुरेश रजकको ज्यान गयो। यस घटनापछि अहिलेसम्म ८४ जनालाई पक्राउ गरिएको छ। 

हिरासतमा रहेका प्रसाईंलाई तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनप्रति कुनै पश्चाताप छैन । बरु उनी सबै दोष राज्यमाथि थोपर्छन् । उनलाई जेल धेरै बस्नुपर्ला जस्तो पट्कै लागेको छैन, छुट्नेमा आत्मविश्वासी देखिन्छन् । भारतको आसामबाट पक्राउ परेको भनिए पनि उनी आफैं काठमाडौं आएको दाबी गर्छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार