बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति शिक्षा

शिक्षक महासंघको अडान : कक्षा १२ को परीक्षामा सामेल हुँदैनौं

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ वैशाख, २०८२ मा प्रकाशित
शिक्षक महासंघको अडान : कक्षा १२ को परीक्षामा सामेल हुँदैनौं
फाइल तस्बिर।
काठमाडौं, वैशाख ९ :

सडक आन्दोलनमा रहेका शिक्षकहरूले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन् ।  राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरु सहभागी नभए पनि कर्मचारी खटाएर वा अरु संयन्त्र प्रयोग गरेर भए पनि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

बोर्डले परीक्षा नरोकिने निर्णय गरेलगत्तै आन्दोलनरत शिक्षकहरुले सडकमै रहने र परीक्षामा सामेल नहुने घोषणा गरेका हुन् । कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुँदै छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘सरकारले जसरी परीक्षा सञ्चालन गरोस् तर, शिक्षक/प्रधानाध्यापक भने परीक्षामा सामेल हुँदैनन् ।’

शिक्षा विधेयक जारी गर्नुपर्नेलगायत मागसहित उनीहरु २१ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् । सरकारले संसद्को बजेट अधिवेशनबाटै शिक्षा विधेयक जारी गर्ने बताए पनि शिक्षकहरूले मानिरहेका छैनन् ।

प्रधानमन्त्रीको दबाब र  शिक्षकहरूको अटेरीपनका कारण शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिइसकेकी छन् । उनले शिक्षकहरुका मागलाई सम्बोधन गर्न सातबुँदे प्रस्तावसमेत तयार पारेकी थिइन् । त्यसमा प्रधानमन्त्रीको असहमति रहेको बुझिएको छ । 

तोकिएकै समयमा परीक्षा सञ्चालन हुन्छ : बोर्ड
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार