बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री #टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री
समाचार शिक्षा

प्रधानमन्त्री ‌ओली र परीक्षा बोर्डका अध्यक्ष शर्माबीच छलफल

चाबी बोकेर आन्दोलनमा कर्मचारीलाई परिषद्को निर्देशन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ वैशाख, २०८२ मा प्रकाशित
प्रधानमन्त्री ‌ओली र परीक्षा बोर्डका अध्यक्ष शर्माबीच छलफल
काठमाडौं, वैशाख ९ :

 राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कक्षा १२ को परीक्षाको विषयमा छलफल गरेका छन्।

विद्यालय नै बन्द भएको अवस्थामा कसरी परीक्षा सञ्चालन गर्न सकिन्छ र सरकारले यस्तो बेलामा कस्तो किसिमले सुरक्षा प्रदान गर्न सक्छ भन्नेलगायतका बारेमा उनले मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर छलफल गरेका हुन् ।

शिक्षकहरुकै हड्तालकाबीच मंगलबार बिहान बोर्डको बैठक बसेर तोकिएकै मितिमा ११ बैशाखदेखि नै कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेको थियो ।  शिक्षकहरु परीक्षाका लागि तयार नभएर कर्मचारीबाट परीक्षा गर्ने निर्णय भएको थियो ।

यसैबीच, नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयको चाबी बोकेर २४ घण्टाभित्र काठमाडौँ आउन विद्यालयका कर्मचारीलाई निर्देशन दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा कर्मचारी खटाएर भए पनि गर्ने निधो गरेपछि परिषद्ले विद्यालय कर्मचारीलाई चाबी बोकेर काठमाडौं आई आन्दोलनमा सहभागी हुन उर्जी जारी गरेको हो।

परिषद्का अध्यक्ष गंगाराम तिवारीले प्रेस विज्ञप्तिमार्फत आन्दोलनमा अनिवार्य रुपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध गरेका हुन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार