आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति भिडियो

माओवादी प्रवक्ता सापकोटाको टिप्पणी- प्रधानमन्त्री ओली निभ्दै गरेको बत्तीजस्तै हुन्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० वैशाख, २०८२ मा प्रकाशित
माओवादी प्रवक्ता सापकोटाको टिप्पणी- प्रधानमन्त्री ओली निभ्दै गरेको बत्तीजस्तै हुन्
काठमाडौं, वैशाख १० :

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वास हराउँदै गएको दाबी गरेको छ ।

पेरिसडाँडामा बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री ओलीको वर्तमान व्यवहारलाई ‘निभ्दै गरेको बत्तीजस्तो’भन्दै कटाक्ष गरे । उनले भने, ‘आफ्नो गुम्न लागेको साखलाई परालको त्यान्द्रोले जोगाउन सकिन्छ कि भनेर प्रधानमन्त्री प्रयासरत देखिन्छन् । तर, त्यो प्रयास हतास मानसिकताको उपज हो ।’

प्रवक्ता सापकोटाले प्रधानमन्त्री ओली अहिले चारैतिर रिस प्रकट गरिरहेको आरोप पनि लगाए । ‘प्रधानमन्त्री अहिले आफ्नै पार्टीका नेतासँग, कर्मचारीहरूसँग, जोसँग पनि असन्तुष्टि पोखिरहनुभएको छ,’ सापकोटाले भने, ‘उहाँले नेतृत्वप्रति आत्मविश्वास गुमाइसक्नुभएको देखिन्छ ।’

प्रधानमन्त्री ओलीले अब आफ्ना आलोचक मात्रै होइन, आफ्नै सहकर्मीहरूसँग पनि सम्बन्ध चिसो बनाइरहेको सापकोटाको भनाइ छ । सापकोटाको यस्तो टिप्पणी प्रधानमन्त्रीको पछिल्ला सार्वजनिक अभिव्यक्तिहरू र आन्तरिक पार्टी कलहबीच आएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार