
फाइल तस्बिर।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेकपा एमालेले सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्न नसिकाउने बताएकी छिन् ।
लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंको भृकुटीमण्डपमा बिहीबार आयोजित युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आफूलाई एमाले मन पर्नुको कारण खुलाएकी थिइन् ।
उनले देश बनाउनका लागि स्टन्ट गर्न नहुने पनि बताइन् । ‘स्टन्ट गरेर देश बन्दैन । देश बनाउने हो भने स्टन्ट गर्ने होइन, काम गर्ने युवा बनौं,’ डंगोलले भनेकी छन् । उनले सम्बोधनका क्रममा कसैलाई तोकेर आक्षेप नलगाए पनि उनको सम्बोधन मेयर बालेन्द्र शाहप्रति लक्षित हो कि भन्ने अनुभूत हुन्थ्यो । पछिल्लो समय उनी मेयर शाहप्रति रुष्ट छिन् ।
उनले अहिले आफ्नो पार्टीको नेतृत्व र आफूलाई समेत चारैतिबाट आक्रमण भइरहेको बताइन् ।उनले भनिन् , ‘जतिसुकै आक्रमण भए पनि हामी विचलित हुने छैनौं । राष्ट्र निर्माणमा एकजुट भएर लाग्नेछौं।’