बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

गगन थापाको आरोप- ५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादमा सर्वोच्चले डिल गर्‍यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ वैशाख, २०८२ मा प्रकाशित
गगन थापाको आरोप- ५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादमा सर्वोच्चले डिल गर्‍यो
काठमाडौं, वैशाख ११ :

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक निकायमा गरिएको ५२ पदाधिकारीको नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ढिलासुस्ती गर्दै ‘डिल’ गरिरहेको गम्भीर आरोप लगाएका छन्।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार राजधानीमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा बोल्दै थापाले सर्वोच्च अदालतले संवैधानिक नियुक्ति प्रकरणलाई वर्षौंसम्म लम्ब्याउँदै न्याय प्रक्रियालाई कमजोर बनाएको टिप्पणी गरे।

‘सर्वोच्च अदालतले तलाई हान्दिउँ भन्दै झुलाइरहेको छ,’उनले कटाक्ष गर्दै भने, ‘अब त्यो ठिक थियो कि थिएन भन्ने कुरामा निष्कर्ष निकाल्न चार वर्ष किन लाग्नुपर्छ?’

२०७७ मंसिर र २०७८ जेठमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गरिएको संवैधानिक निकायका ५२ पदाधिकारीहरूको नियुक्तिबारेको मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ। यस विषयमा अदालतले फागुनदेखि सुनुवाइ सुरु गरे पनि हालसम्म ठोस निर्णय गर्न सकेको छैन। 

अदालतले वैशाख २८ गतेका लागि अर्को सुनुवाइको मिति तोकेको छ।महामन्त्री थापाले अदालत, अख्तियार, संसद र राजनीतिक दलहरूप्रति जनताको विश्वास कमजोर हुँदै गएको जनाउँदै यिनै संवैधानिक संस्थाको विश्वसनीयता संकटमा परे लोकतन्त्रमै गम्भीर असर पर्ने चेतावनीसमेत दिए।

उनले वर्तमान संरचनागत समस्याको समाधान नेपाली कांग्रेसले नै दिनुपर्ने दाबी गर्दै पार्टीले जनतासामु स्पष्ट धारणा राख्नुपर्नेमा जोड दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार