आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति भिडियो

राष्ट्रिय सभा बैठक ७ मिनेटमै स्थगित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ वैशाख, २०८२ मा प्रकाशित
राष्ट्रिय सभा बैठक ७ मिनेटमै स्थगित
काठमाडौं, वैशाख १२ :

राष्ट्रिय सभाको बैठक ७ मिनेट मात्र बसेर स्थगित भएको छ ।

बर्खे अधिवेशनको पहिलो बैठक दिउँसो सवा १ बजे निर्धारित समयमा सुरु भएर ७ मिनेटमै स्थगित भयो ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको बेहोरा पढेर सुनाए ।

त्यसपछि सभाध्यक्ष दाहालले पञ्चायत र प्रतिनिधिसभाका पूर्वसदस्य, पूर्वमन्त्री र अहिले प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे ।

बोहराको निधनमा शोक प्रकट गरेपछि बैठक स्थगित भयो । अर्को बैठक आइतबार बस्ने तय भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार