बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति अर्थतन्त्र भिडियो

नेपाली आकाशलाई गतिशील र सुरक्षित बनाइनेछ : पर्यटनमन्त्री पाण्डे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ वैशाख, २०८२ मा प्रकाशित
नेपाली आकाशलाई गतिशील र सुरक्षित बनाइनेछ : पर्यटनमन्त्री पाण्डे
काठमाडौं, वैशाख १५ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली आकाशलाई गतिशील, सुचारु र सुरक्षित बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभामा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरूको सोमबार जवाफ दिँदै मन्त्री पाण्डेले नेपाली आकाश र विमानस्थलहरूलाई व्यवस्थित र चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

उनले विगत दुई दिनमा ७० सांसदले उठाएका जिज्ञासा परिपूरक रहेको उल्लेख गर्दै सांसदहरूबाट देखिएको अठोट र संकल्पले आफूलाई पनि थप दृढ बनाएको बताए ।

‘ֹहामीले नेपालको पर्यटन क्षेत्रलाई पनि चलायमान बनाउनुपर्छ,’ मन्त्री पाण्डेले भने, ‘अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरूलाई सक्रिय बनाउनुपर्छ ।’

मन्त्री पाण्डेले विधेयकमा संशोधनको बाटो खुला रहेको बताउँदै ७२ घण्टाभित्र विभिन्न संशोधन प्रस्ताव आउने अपेक्षा व्यक्त गरे । उनले सरकार सार्थक संवादका लागि तयार रहेको र ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ अन्त्य गर्दै प्रभावकारी ऐन निर्माण गर्ने प्रतिबद्धता दोहोर्याए ।

दुई निकायलाई अलग बनाउँदा व्यवस्थापन थप प्रभावकारी र गतिशील हुने आशा व्यक्त गर्दै मन्त्री पाण्डेले कर्मचारीहरूको सेवा-सुविधा यथावत् राखिने विश्वास पनि दिलाए ।

उनले नियामक निकायमा सुधार देखिएको र भ्रष्टाचार नियन्त्रणमा मन्त्रालयले कुनै सम्झौता नगर्ने धारणा राखे । सौर्य विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन आइसकेको र अन्तिम प्रतिवेदन निष्पक्ष हुने उल्लेख गर्दै मन्त्री पाण्डेले दोषीलाई कारबाही गरिने स्पष्ट पारे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार