बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात #आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात
राजनीति

प्रधानमन्त्रीबाटै शिक्षकप्रति दमनको भाषा बोल्ने काम भयो : वर्षमान पुन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ वैशाख, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीबाटै शिक्षकप्रति दमनको भाषा बोल्ने काम भयो : वर्षमान पुन
काठमाडौं, वैशाख १५ :

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद् वर्षमान पुनले जारी शिक्षक आन्दोलन समाधान गर्नुको साटो सरकार दमनमा उत्रिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा सोमबार उनले शिक्षकका माग सुन्नुको साटो सरकारले दमनको भाषा बोलेको बताए । आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार बानेश्वर क्षेत्रमा झडप भएको थियो । प्रहरीले पानीको फोहोरा र लाठीचार्ज गर्दा एक सञ्चारकर्मीसहित २३ बढी शिक्षक घाइते भएका थिए ।

पुनले विगतमा सरकारसँग तीन चरणमा भएका सहमति पालना गर्न सरकारको ध्यानाकर्षण गराए । ‘करिब एक महिनादेखि पेसागत माग राखेर शिक्षकहरु सडक आन्दोलनमा छन् । विगतमा तीन चरणमा भएका सहमति पालना गर्नुको सट्टा सरकारले दमनको भाषा बोलेको छ,’ पुनले भने, ‘यसको म निन्दा र भर्त्सना गर्दछु ।’

लोकतन्त्रमा जनताका आवाज र असन्तुष्टिको समाधान वार्ता र संवादबाट खोजिनुपर्नेमा प्रधानमन्त्री केपी ओलीले नै बल प्रयोग र हठ प्रदर्शन गरेको टिप्पणी उनको थियो । ‘लोकतन्त्रमा जनताका असन्तुष्टि र मागको सम्बोधन संवादबाट हुनुपर्ने हो,’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्री नै शिक्षकहरुप्रति बल प्रयोग र हठको भाषा बोलिरहनुभएको छ ।’

पुनले तत्काल वार्ता गरी शिक्षकहरुका जायज माग सम्बोधन गर्न आफ्नो दलका तर्फबाट मागसमेत गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार