आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
खेलकुद

दुबईमा नेपाललाई ६ स्वर्णसहित ८ पदक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ वैशाख, २०८२ मा प्रकाशित
दुबईमा नेपाललाई ६ स्वर्णसहित ८ पदक
काठमाडौं, वैशाख १५ :

नेपाली खेलाडीले दुबई बुदोकान कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ६ स्वर्ण र २ रजत गरी ८ पदक जितेका छन् ।

नेपाल सितोरियो कराते संघका सचिवसमेत रहेका टिम प्रशिक्षक प्रेमलाल बमजनका अनुसार अन्जन तामाङ, लक्ष्मण बराल, उषाकुमारी थापा दास, सुशान्त तामाङ, देवराज श्रेष्ठ र विशाल केसीले स्वर्ण जिते ।

अप्रिल २६ तारिखदेखि भएको प्रतियोगितामा स्मिका विक र सावन लामाले रजत हात पारे । प्रतियोगितामा बूढानीलकण्ठ डोजोका खेलाडीले सहभागिता जनाएका हुन् ।

व्यवस्थापकमा बूढानीलकण्ठ नगरपालिका ३ का अध्यक्ष आकाश धिमाल र नेपाल कराते महासंघका सदस्य दिलीपराज भण्डारी, अर्का प्रशिक्षकमा अविनाश चौधरी तथा निर्णायकमा शान्ति तामाङ छन् । टोली भोलि (मंगलबार) स्वदेश फर्किंदै छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार