बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

सहकारी पीडित महिलाहरूलाई अर्धनग्न प्रदर्शन गर्न सरकारले बाध्य पार्‍यो : रोशन कार्की

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ वैशाख, २०८२ मा प्रकाशित
सहकारी पीडित महिलाहरूलाई अर्धनग्न प्रदर्शन गर्न सरकारले बाध्य पार्‍यो : रोशन कार्की
काठमाडौं, वैशाख १६ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले सहकारी पीडित महिलाहरूलाई अर्धनग्न प्रदर्शन गर्न सरकारले नै बाध्य पारेको आरोप लगाएकी छन्। 

प्रतिनिधिसभाको शून्य समयमा मंगलबार उनले आफ्ना दिदीबहिनीहरूलाई अर्धनग्न प्रदर्शन गर्न बाध्य नपार्न पनि आग्रह गरिन्। ‘यो सरकार सुन्दैन , बोल्दैन र केही पनि काम गर्दैन,’उनले भनिन् , ‘यो सरकार निकम्मा, नालायक र लाटो छ ।’

महिलाहरू समाज,घर र परिवारको इज्जत भएको जनाउँदै उनले अर्धनग्न दिदीबहिनीहरूको शरीर न सत्तापक्षले देख्यो न प्रतिपक्षले भन्दै दुःख व्यक्त गरिन्। सहकारी पीडितका समस्याहरुलाई तत्कालै समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । उनले वर्तमान सरकार भ्रष्टाचारमा लिप्ट भएको समेत आरोप लगाइन् 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार