नेपाल प्रहरीका हालै बढुवा भएका ६ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को जिम्मेवारी प्रहरी प्रधान कार्यालयले तोकेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार चन्द्रकुवेर खापुङ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा र लालमणि आचार्यलाई प्रधान कार्यालय कार्य विभागमा जिम्मेवारी तोकिएको छ ।
यसैगरी कृष्णहरि पोखरेलला प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा साथै दानबहादुर कार्कीलाई मानव स्रोत विकास विभागमा जिम्मेवारी तोकिएको छ ।
यसैगरी राजन अधिकारीलाई अपराध अनुसन्धान विभाग र डा. मनोजकुमार केसीलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिइएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।