बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी #आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी
राजनीति

जनमत र नागरिक उन्मुक्तिबीच आज पार्टी एकता हुँदै, नयाँ पार्टीको नाम ‘नागरिक जनमत’ रहने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ वैशाख, २०८२ मा प्रकाशित
जनमत र नागरिक उन्मुक्तिबीच आज पार्टी एकता हुँदै, नयाँ पार्टीको नाम ‘नागरिक जनमत’ रहने
फाइल फोटो ।
काठमाडाैं, वैशाख १७ :

मधेश र सुदूरपश्चिममा सक्रिय जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज पार्टी एकता हुँदैछ। काठमाडौंमा संयुक्त पत्रकार सम्मेलनमार्फत एकताको औपचारिक घोषणा गरिने छ।

 मंगलबार दुवै पार्टीले आ-आफ्नो केन्द्रीय समिति बैठक गरी एकीकरणको निर्णय गरेका थिए। एकतापछि छैटौं ठुलो शक्ति बन्ने यस पार्टीको नयाँ नाम ‘नागरिक जनमत’ रहनेछ।

पार्टी एकीकरणपछि जनमत अध्यक्ष सीके राउत नयाँ पार्टीको अध्यक्ष हुनेछन् भने नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी संरक्षकको भूमिकामा रहनेछन्। यस्तै, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्षको जिम्मेवारीमा रहने छिन्।

जनमत पार्टी २०७७ सालमा र नागरिक उन्मुक्ति पार्टी २०७८ सालमा गठन भएका थिए। मधेश तथा सुदूरपश्चिमका सामाजिक-राजनीतिक मुद्दालाई उठाउँदै आएका यी दुई दल अब एउटै मञ्चबाट राजनीति अघि बढाउने भएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार