
काठमाडौं, वैशाख १७ :
टीकापुर काण्डका प्रमुख आरोपी नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।
जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रमकै बीच सादा पोसाकमा रहेका प्रहरीले प्रज्ञा भवन कमलादी परिसरबाट उनलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणको कारण नखुले पनि उनलाई डिल्लीबजार कारागार लगिएको छ ।
राष्ट्रपतिबाट २०८० जेठ १५ गते कैद मिनाहा पाएर जेलमुक्त भएका चौधरीलाई अदालतको फैसला कार्यान्वयन गर्ने भन्दै प्रहरीले पक्राउ गरेको हो ।
नेता-कार्यकर्ताहरु दुई दलबीचको एकता कार्यक्रम उपस्थित भइसकेका छन् । यसैबीचमा चौधरीलाई प्रहरीले पक्राउ गरेपछि कार्यक्रम हुने/नहुने अन्योलमा छ ।