बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति

रेशम चौधरी साढे ४ घण्टामै रिहा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ वैशाख, २०८२ मा प्रकाशित
रेशम चौधरी साढे ४ घण्टामै रिहा
काठमाडौं, वैशाख १७ :

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा छन् । सर्वोच्च अदालतको आदेशबाट चौधरी साढे ४ घण्टापछि रिहा भएका हुन् । प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो ।

सर्वोच्चको अनधिकृत पत्रका आधारमा बुधबार प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनलाई लगत्तै डिल्लीबजार कारागार लगिएको थियो । चौधरीलाई पक्राउ गर्ने पत्र अनधिकृत भएको जनाउँदै सर्वोच्चले प्रहरी र कारागार प्रशासनलाई छाड्न अर्को पत्र पठाएको थियो ।

उनलाई बुबा लालवीर चौधरी र पत्नी रञ्जिता श्रेष्ठको जिम्मामा छाडिएको हो। चौधरीलाई लिन जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका नेताहरू पनि डिल्लीबजार पुगेका थिए ।

रेशमलाई पक्राउ गर्न पत्र काट्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्ट आफैं पक्राउ परेका छन् । उनीमाथी सर्वोच्च प्रशासनले आन्तरिक छानबिन गरिरहेको छ ।

 

यो पनि…

रेशम छुट्दै , सर्वोच्चले पठायो पत्र

नाउपाका संरक्षक रेशम चौधरी पक्राउ, दल एकता अन्योल

रेशम चौधरी पक्राउप्रति सिके राउतको भर्त्सना, पार्टी एकता सभा स्थगित

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार