ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकिएको शीतलनिवासले जनाएको छ ।
गर्बुजा म्याग्दीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् । यसअघिका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।