बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार शिक्षा

सडकमा आएका शिक्षक भोलिबाट विद्यालय जाने

एसईईको कापी जाँच र कक्षा १२ को परीक्षा नियमित हुने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ वैशाख, २०८२ मा प्रकाशित
सडकमा आएका शिक्षक भोलिबाट विद्यालय जाने
वैशाख १७ :

देशभरबाट राजधानी आएर करिब एक महिनादेखि आन्दोलन गरिरहेका शिक्षकहरु भोलिदेखि नियमित रुपमा विद्यालय फर्कने भएका छन् । सरकारसँग आज बुधबार राति भएको ९ बुँदे सहमतिसँगै काठमाडौंकेन्द्रित शिक्षकहरुको आन्दोलन  भोलि (बिहीबार) बाट स्थगित हुने भएको हो ।

शिक्षा ऐन असार १५ गतेसम्म जारी गर्नेलगायत शिक्षकका मागहरुलाई सरकारले सम्बोधन गर्ने आश्वासन दिएपछि  आन्दोलन स्थगित हुने भएको हो । शिक्षकहरुसँगको सहमति मन्त्रिपरिषद्को निर्णयपछि सार्वजनिक गरिने भएको छ ।

सरकार र आन्दोलनरत शिक्षकबीच ९ बुँदे सहमति

शिक्षा ऐन जारी गर्नलगायत माग राखी शिक्षकहरुले झन्डै एक महिनादेखि राजधानीकेन्द्रित आन्दोलन गरिरहेका थिए ।

शिक्षकहरुको आन्दोलन रोकिएसँगै एसईईको कापी जाँच र वैशाख २१ गतेदेखि हुन लागेको कक्षा १२ को वार्षिक परीक्षा नियमित हुने भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार