बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार अर्थतन्त्र विदेश

अमेरिकी व्यापार वार्ताको प्रस्तावप्रति चीन खुला

भन्सार शुल्क नि:शुल्क गर्ने चीनको चाहना
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ वैशाख, २०८२ मा प्रकाशित
अमेरिकी व्यापार वार्ताको प्रस्तावप्रति चीन खुला
काठमाडौं, वैशाख १९ :

चीनले शुक्रबार भन्सार शुल्कमा वार्ताका लागि अमेरिकी प्रस्तावको मूल्याङ्कन गरिरहेको तर वार्ता सुरु हुनुअघि विश्वव्यापी बजार र आपूर्ति शृङ्खलालाई हल्लाएको कर हटाउन वासिङ्टन तयार हुनुपर्नेमा जोड दिएको छ ।

धेरै चिनियाँ उत्पादनमा १४५ प्रतिशत पुगेको अमेरिकी भन्सार शुल्क अप्रिलमा लागु भएको थियो । बेइजिङले संयुक्त राज्य अमेरिकाबाट आयातमा एक सय २५ प्रतिशत ताजा भन्सार शुल्क लगाएको छ । स्मार्टफोन, सेमिकन्डक्टर र कम्प्युटरजस्ता उच्च-स्तरका प्राविधिक वस्तुले अमेरिकी भन्सार शुल्कबाट अस्थायी छुट पाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले भन्सार शुल्कमा वार्ताका लागि सम्पर्क गरेको बारम्बार दाबी गरेका छन् । यो साता उनले ‘हामी सम्झौता गर्न जाँदै छौँ’ भन्ने धेरै राम्रो सम्भावना रहेको विश्वास गरेको बताए ।

बेइजिङको वाणिज्य मन्त्रालयले शुक्रबार अमेरिकाले सम्पर्क गरेको र यो प्रस्तावको ‘हाल मूल्याङ्कन’ गरिरहेको बताएको छ । तर मन्त्रालयले कुनै पनि वार्ताका लागि पहिले अमेरिकी पक्षबाट छुट चाहिने बताएको छ ।

साङ्घाईको फुदान विश्वविद्यालयको सेन्टर फर अमेरिकन स्टडिजका निर्देशक वु सिन्बोले बेइजिङले कठोर धारणा अपनाउने सम्भावना रहेको बताए ।

दर्जनौँ देशले वासिङ्टनसँग सम्झौता गर्न र उच्च, देश-विशिष्ट दरहरूबाट बच्न जुलाईमा समाप्त हुने ९० दिनको समयसीमा सामना गर्नुपरेको छ ।

यसको विपरीत चीनले यदि आवश्यक परेमा व्यापार युद्धलाई अन्तिम क्षणसम्म लड्ने बताएको छ । यो साता चीनको विदेश मन्त्रालयद्वारा सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोले ‘कहिल्यै पनि घुँडा नटेक्ने !’ प्रतीज्ञा गरेको छ । -रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार