बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार शिक्षा

शिक्षक महासंघ र सरकारबीचको सहमतिप्रति विद्यालय कर्मचारीको असन्तुष्टि, चरणबद्ध आन्दोलनको घोषणा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ वैशाख, २०८२ मा प्रकाशित
शिक्षक महासंघ र सरकारबीचको सहमतिप्रति विद्यालय कर्मचारीको असन्तुष्टि, चरणबद्ध आन्दोलनको घोषणा
काठमाडौं, वैशाख १९ :

शिक्षक महासंघ र सरकारबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै नेपाल विद्यालय कर्मचारी परिषदले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

विद्यालय कर्मचारी परिषद्‌ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको हो । जसअनुसार वैशाख २१ गतेदेखि जेठ ३ गतेसम्म कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गते सबै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउँदै आन्दोलनबारे जानकारी गराउने र जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने परिषद्ले जनाएको छ ।

त्यस्तै जेठ ६ गते शिक्षा बिकास तथा समन्वय एकाइमा ध्यानाकर्षण पत्र बुझाउने, जेठ ७ गते सातवटै प्रदेशमा ध्यानाकर्षण पत्र बुझाउने र जेठ ९ र १० गते काठमाडौंमा सडक आन्दोलन गर्ने परिषद्ले जानकारी दिएको छ ।

यो समयभित्र आफ्ना माग पूरा नभए दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । उनले विद्यालय कर्मचारीको मागलाई पूर्णरुपमा बेवास्ता गर्दै शिक्षकहरुले आफ्ना माग मात्रै पूरा हुने गरी सहमति गरेकाले असन्तुष्टि रहेको उल्लेख गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार