बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार बागमती प्रदेश

अझै भेटिएन सडक भासिएर हराएको गाडी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ वैशाख, २०८२ मा प्रकाशित
अझै भेटिएन सडक भासिएर हराएको गाडी
हेटौंडा, वैशाख २१ :

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १७, गैरीगाउँमा सडक भासिँदा हराएको गाडी अझै भेटिएको छैन ।

ना.४च ४८३३ नम्बरको गाडी शुक्रबार दिउँसो करिब १ बजेतिर कच्ची सडक भासिएर जमिनभित्रै हराएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार माछापालन गरिएको पोखरीनजिक रहेको कच्ची सडक भासिँदा गाडी हराएको हो ।

गाडीका चालक हरि राई र सहचालकले समयमै गाडीबाट उत्रेर ज्यान जोगाएका छन् । उनीहरू बाहिरिनासाथ करिब ५ सेकेन्डमै गाडी हिलोसहितको खाल्डोमा पुरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार उक्त क्षेत्रमा बोरिङका लागि खाल्डो खनिएको थियो । पानी ननिस्केपछि त्यही खाल्डो खुलै छाडिएको र त्यसवरपरको जमिन कमजोर भएर सडक भासिएको हुनसक्ने स्थानीय बासिन्दाले जनाएका छन् ।

घटनास्थलमा अहिले प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा, जनप्रतिनिधिलगायतको टोलीले खोजी गरिरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार