बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात #आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात
राजनीति भिडियो

प्रचण्डप्रति योगेश भट्टराईको छेडखानी : सरकारले एउटा कर्मचारी हटाउँदा मुटुमै गोली लागेजस्तो किन भयो ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ वैशाख, २०८२ मा प्रकाशित
प्रचण्डप्रति योगेश भट्टराईको छेडखानी : सरकारले एउटा कर्मचारी हटाउँदा मुटुमै गोली लागेजस्तो किन भयो ?
काठमाडाैं, वैशाख २३ :

नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सरकारको सामान्य निर्णयलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अनावश्यक रुपमा आक्रोशित भएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले सरकारले सहसचिव स्तरका एक कर्मचारी हटाउँदा प्रचण्डलाई 'मुटुमै गोली लागेकोजस्तो' भएको प्रतिक्रिया दिएको भन्दै व्यंग्य गरे। यद्यपि उनले नाम भने उल्लेख गरेनन्, तर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको प्रसंगतर्फ संकेत गरेका थिए।

‘केपी ओली सरकारले एउटा सहसचिव हटाउँदा यति धेरै पीडा किन?,’ भन्दै उनले प्रचण्डलाई सम्झाउँदै भने, ‘यो त मुटुमै गोली लागेकोजस्तो भयो जस्तो देखिन्छ।’

भट्टराईले यो विषय प्रधान सेनापति वा मुख्य सचिव हटाएको जस्तो गम्भीर कुरा नभएको पनि बताए। ‘यस्तो निर्णय त तपाईंहरूकै सरकारमा पनि भएका थिए,’ भन्दै उनले दाहाल नेतृत्वको अघिल्लो सरकारले मुख्य सचिव हटाएको र अस्तित्वमै नभएको "राष्ट्रिय सुरक्षा सल्लाहकार" पद खडा गरेको उदाहरण पनि दिए।

भट्टराईले सरकारको मातहतका कर्मचारी व्यवस्थापन गर्ने अधिकार सरकारकै हुने भन्दै यसमा अनावश्यक राजनीति नगर्न आग्रह गरे। साथै, उनले शिक्षक र कर्मचारीहरूलाई प्रचण्डले उक्साएको आरोपसमेत लगाए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार