उदयपुर, वैशाख २३ :

चौदण्डीगढी नगरपालिका–५ सिवाईस्थित त्रियुगा नदीले सप्तरीबाट जन्ती पुर्‍याएर फर्कँदै गरेको को १ ख ४७५३ नम्बरको बस बगाएको छ। वर्षाका कारण कमजोर बनेको अस्थायी ह्युमपाइपसहितको सडक भासिँदा बस त्रियुगा नदीमा पल्टिएको छ।

बस चालक ईश्वर खत्री भने हाम फालेर ज्यान जोगाएका छन् । मंगलबार बिहान बाढीले ह्युमपाइपसहित बस बगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहरनाथ योगीले जानकारी दिए।

चौदण्डीगढी–५ सिवाई र बेल्हा जोड्ने अस्थायी ह्युमपाइप बगाएपछि बेल्टारसँगको सिधा सडक सम्पर्क टुटेको छ। सडक अवरुद्ध हुँदा चौदण्डीगढी–५, ९ र १० नम्बर वडाका करिब २० हजार नागरिकलाई हडिया, सुन्दरपुर र बेल्हाबाट बेल्टार आउजाउ गर्न ४१ किमि घुमेर जानुपर्ने भएको छ।