मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
समाचार प्रदेश कोसी प्रदेश

त्रियुगा नदीको बाढीले बस बगायो, ह्युमपाइप समेत बगाउँदा आवतजावतमा सास्ती

चौदण्डीगढी–५ सिवाई र बेल्हा जोड्ने अस्थायी ह्युमपाइप बगाएपछि बेल्टारसँगको सिधा सडक सम्पर्क टुटेको छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ वैशाख, २०८२ मा प्रकाशित
त्रियुगा नदीको बाढीले बस बगायो, ह्युमपाइप समेत बगाउँदा आवतजावतमा सास्ती
उदयपुर, वैशाख २३ :

चौदण्डीगढी नगरपालिका–५ सिवाईस्थित त्रियुगा नदीले सप्तरीबाट जन्ती पुर्‍याएर फर्कँदै गरेको को १ ख ४७५३ नम्बरको बस बगाएको छ। वर्षाका कारण कमजोर बनेको अस्थायी ह्युमपाइपसहितको सडक भासिँदा बस त्रियुगा नदीमा पल्टिएको छ।

बस चालक ईश्वर खत्री भने हाम फालेर ज्यान जोगाएका छन् । मंगलबार बिहान बाढीले ह्युमपाइपसहित बस बगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहरनाथ योगीले जानकारी दिए।

चौदण्डीगढी–५ सिवाई र बेल्हा जोड्ने अस्थायी ह्युमपाइप बगाएपछि बेल्टारसँगको सिधा सडक सम्पर्क टुटेको छ। सडक अवरुद्ध हुँदा चौदण्डीगढी–५, ९ र १० नम्बर वडाका करिब २० हजार नागरिकलाई हडिया, सुन्दरपुर र बेल्हाबाट बेल्टार आउजाउ गर्न ४१ किमि घुमेर जानुपर्ने भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार