बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

पूर्वमन्त्री नेपालको निधनप्रति शोक प्रस्ताव पारित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ वैशाख, २०८२ मा प्रकाशित
पूर्वमन्त्री नेपालको निधनप्रति शोक प्रस्ताव पारित
काठमाडौं, वैशाख २४ :

प्रतिनिधिसभाको बुधबारको बैठकले पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो । बैठकले स्व. नेपालको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभा सदस्यहरुले शोक व्यक्त गर्दै एक मिनेट मौन धारणा गरेका थिए ।

पूर्वमन्त्री नेपालको ७१ वर्षको उमेरमा काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा मङ्गलबार निधन भएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार