बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

रासायनिक मलको अभाव हुन नदिन सांसदहरुले गराए ध्यानाकर्षण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ वैशाख, २०८२ मा प्रकाशित
रासायनिक मलको अभाव हुन नदिन सांसदहरुले गराए ध्यानाकर्षण
वैशाख २५ :

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद अमनलाल मोदीले डोल्पा जिल्लामा निर्माण गर्ने भनिएको जगदुल्ला जलविद्युत् आयोजनाको खरिद प्रक्रियमा अनियमिता भएको  आरोप लगाउँदै छानविन गर्न माग गरे । उनले भने,‘आयोजनाको खरिद प्रक्रियामा कानुन विपरीत काम भएको बुझिएको  छ । यसबारेमा छानबिन गर्नुपर्छ ।’

उनले सो  जलविद्युत् आयोजनामा सार्वजनिक खरिद ऐन र नियमावली विपरीत काम भएको आरोप समेत लगाउँदै  नेपालबाट भएको अवैध पुँजी पलायन रोक्न र विदेश गइसकेको रकम फिर्ता गर्न आवश्यक प्रक्रिया थाल्न  माग गरे ।

बैठकमा सांसद विमला सुवेदीले आज कोटेश्वर तिनकुने क्षेत्रमा सार्वजानिक यातायातले ठक्कर दिँदा एक जनाको ज्यान गरेको र तीन जना घाइते भएको जनाउँदै मृतकको परिवारलाई क्षतिपूर्ति र घाइतेलाई सहज स्वास्थ्य उपचारको व्यवस्था मिलाउन माग गरे ।

सरकारले २० वर्ष पुराना सवारीसाधन विस्थापन गर्ने नीति लिएको भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको पनि उनको भनाइ छ । 
सांसद प्रभु साहले तराईका सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले नागरिकलाई दुःख दिन नहुने  बताए ।  उनले रासायनिक मल अभाव हुन नदिनेतर्फ ध्यान दिन सरकारसँग माग गरे ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार