
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । नेप्से आइतबार १२.५३ अंकले घटेर २,६४९.११ अंकमा झरेको छ ।
यसैगरी क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स २.७५ अंकले घटेर ४४६.१३ अंकमा झरेको छ ।
नेप्सेमा आज ३०० वटा कम्पनीको ८८ हजार ९५५ पटकको कारोबारमा दुई करोड ४० लाख ११ हजार १४ कित्ता सेयर खरिद-बिक्री भए । जसअनुसार कुल कारोबार रकम १० अर्ब २० करोड २७ लाख एक हजार तीन सय ४४ रुपैयाँ पुग्यो ।
नेप्सेमा आज १३ समूहको कारोबार भएकामा चारवटाको सूचक बढ्यो भने बाँकी समूहको सूचक घटे ।
जसमध्ये विकास बैंक समूहको सूचक ५९.३८ अंकले बढेर ५,३७६.०४ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक १५.०७ अंकले बढेर १३,३२५.५० अंकमा चढेको छ ।
यसैगरी जलविद्युत् समूहको सूचक ४८.९३ अंकले घटेर ३,५८८.९९ अंकमा झरेको छ ।
नेप्सेमा आज नेपाल माइक्रो लाइफ इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बढी गुमाउने कम्पनीको सूचीको अग्रस्थानमा सिन्धु विकास बैंक परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने राधी जलविद्युत् कम्पनी परेको छ । कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको १५ लाख ६१ हजार ८७१ कित्ता सेयर खरिद-बिक्री भएको छ ।