बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

५२ संवैधानिक नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ वैशाख, २०८२ मा प्रकाशित
५२ संवैधानिक नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा
काठमाडौं, वैशाख २८ :

 केपी ओली नेतृत्वको तत्कालीन सरकारले गरेको ५२ जना संवैधानिक पदाधिकारी नियुक्तिविरुद्ध दायर रिटमाथिको सुनुवाइ आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमार्फत २०७७ साल मंसिर ३० गते गरिएको उक्त नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालसहित १५ जना निवेदकले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सुनुवाइ संवैधानिक इजलासमा भइरहेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा रहेका संवैधानिक इजलासमा न्यायाधीशहरू सपना प्रधानमल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी सहभागी छन्।

रिटमाथि पछिल्लो पटक वैशाख ७ देखि १० गतेसम्म लगातार सुनुवाइ भएको थियो। तर, प्रधानन्यायाधीश राउतको विदेश भ्रमणका कारण त्यसपछिको सुनुवाइ केही समयका लागि स्थगित भएको थियो। 

आजदेखि पुनः सुनुवाइ सुरु भए पनि निर्णय भने अझै नभएको र संवैधानिक निकायका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरिरहेका छन्।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार