
काठमाडौं, वैशाख २९ :
राष्ट्रपति रामचन्द्र पौडेल बौद्ध तथा मेलम्ची घ्याङ गुठीद्वारा २५६९औं बुद्ध जयन्तीका अवसरमा सोमबार बिहान बौद्ध महाचैत्य परिसरमा आयोजित कार्यक्रममा सहभागी बने ।
उनले त्यहाँ दीपप्रज्ज्वलन र पूजाअर्चना गरेका थिए । त्यसअवसरमा पौडेलपत्नी सबिता पनि उपस्थित थिइन् ।
कार्यक्रममा राष्ट्रपति पौडेललाई गुरु र गुठीका पदाधिकारीले स्वागत गरेका थिए ।
आज देशभर विविध कार्यक्रमका साथ २५६९औं बुद्ध जयन्ती मनाइँदै छ ।